सदनमा दुई प्रतिवेदन पेश, अर्को बैठक १२ साउनमा

 कोरखबर   ८ सावन, २०७८



साउन ८, काठमाडौं । प्रतिनिसभा बैठकमा दुई प्रतिवेदन पेश भएका छन्। ‘महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ र ‘कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८’ सभा समक्ष पेश गरिएको हो ।

महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन २०७७ प्रधानमन्त्री शेरबहादुर देउवाले सदनसमक्ष पेश गरेका हुन् भने कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८’ राज्यव्यवस्था तथा  सुशासन समितिका सभापति शशी श्रेष्ठले सदनमा पेश गरेकी हुन्।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन १२ गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post