श्रावण ८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका छन् ।
बिहान साढे ११ बजे राष्ट्रपति भण्डारीसँग छलफलका लागि सितलनिवास पुगेका अध्यक्ष ओली दिउँसो साढे एक बजे बाहिरिएका छन् ।
भेटमा भएको छलफलबारे कुनै जानकारी नगराइएको भएपनि संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारी रहेको आशंका एमालेले व्यक्त गरेका बेलामा अध्यक्ष ओली र राष्ट्रपति भण्डारीका बीचमा छलफल भएको हो ।