८ साउन, स्याङ्जा । जिल्लामा बिहीबार रातिदेखि पुनः १५ दिने निषेधाज्ञा थप भएको छ। बिहीबार मध्यरातसम्म कायम निषेधाज्ञालाई थप गर्दै साउन २२ गतेसम्म लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी आदेशमा उल्लेख छ।
स्याङजा प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदरमा केहि कमि आएको भएता पनि सक्रिय संक्रमित पूर्णरुपमा निको नभइसकेकाले निषेधाज्ञाको समायावधि लम्ब्याइएको जारी आदेशमा छ।
त्यसो त स्याङ्जामा केही दिनअघि मात्र कोरोना संक्रमितमा नयाँ भेरियन्ट फेला परेको थियो। कालीगण्डकी गाउँपालिकाका १४ र ६० वर्षीय दुई पुरुषमा कोरोनाको डेल्टा भेरियन्ट देखिएको हो।
गत वैशाख २१ देखि सुरु निषेधाज्ञा पटकपटक साता, दश र १५ दिन थप गर्दै आएको छ। हाल जारी निषेधाज्ञामा प्रायजसोमा भीडभाड नगर्नै गरी संचालन गर्न सकिने गरी केही खुकुलो बनाइएको छ।
जिल्लामा संचालित सबै पसल बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला राख्न भनिएको छ ।तर, अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घरबाट ननिस्कन जारी आदेश पत्रमा उल्लेख छ।