श्रावण ८, काठमाडौं । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद विस्तारको हुँदैछ। आज दिउँसो हुने मन्त्रिमण्डल विस्तारमा माओवादीबाट थप ३ जना मन्त्री को ‘ईन्ट्रि’ हुँदैछ ।
जेठ २९ मा मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषदलाई पूर्णता दिन कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङलाई यसअघि नै मन्त्री बनाइसकेका थिए।
यसबीचमा उनले काठमाडौं आएर गठबन्धनका दलसँग छलफल गर्दै मन्त्रिमण्डल विस्तारमा सहजीकरण गरिदिन भेटघाट तिव्र बनाएका थिए ।
यता, कांग्रेसले अहिलेसम्म मन्त्री टुंगो लगाउन नसकेतापनि मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, शिक्षा, प्रविधि तथा सामाजिक विकास, पर्यटन तथा कानुन मन्त्रालय आफैँसँग राख्दैछ ।