देउवालाई मोदीको फोन, मिलेर काम गर्न प्रस्ताव

 कोरखबर   ४ सावन, २०७८



साउन ४, काठमान्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार टेलिफोन वार्ता भएको छ । फोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले देउवालाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

यस्तै मोदीले कोरोना महामारी लगायत विषयमा सहकार्य गरेर अघि बढ्ने कुरा पनि राखेका थिए ।  सो क्रममा देउवाले बधाई दिएकोमा मोदीलाई धन्यवाद दिँदै साझा विषयहरुमा मिलेर काम गर्न तयार रहेको धारणा राखेको बताइएको छ । 

प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवासँग टेलिफोन वार्ता भएको पुष्टि गर्दै लेखेका छन्ः

यसअघि आइतबार पनि  संसदबाट विश्वासको मत जितेपछि मोदीले देउवालाई बधाई दिएका थिए ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post