व्यवसायीले आफूखुसी बढाए स्थानीय रुटको भाडा

 कोरखबर   ४ सावन, २०७८



साउन ४,काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने छोटो रुटका सवारीले आफूखुसी भाडा बढाएर उठाउन थालेका छन् । केपी शर्मा ओली प्रधानमन्त्री रहेको क्याबिनेटले असार २७ गते राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको २८ प्रतिशतसम्म भाडा बढाएको भएपनि कतिपय उपत्यकाभित्रै बस चलाउने यातायात कम्पनीले आफूखुसी भाडा बढाएका हुन् ।

राजधानीभन्दा बाहिरका थुप्रै रुटमा पनि यसैगरी आफूखुसी भाडा बढाइएको छ । यातायात व्यवस्था विभागले लामो दूरीमा दुई वा सो भन्दा बढि प्रदेश भएर चल्ने मात्रै भाडा बढाएको र स्थानीय तथा प्रादेशिक स्तरका रुटमा सम्बन्धित स्थानीय तह  र प्रदेशले नै भाडा बढाउन सक्ने बताउँदै आएको छ । तर, अहिलेसम्म कुनै पनि प्रदेश र स्थानीय तहले भाडा वृद्धिको निर्णय गरेका छैनन् । 

तर, राजधानीभित्रै चल्ने सवारीहरुले २८ प्रतिशतसम्म भाडा बढाएर लिन थालेका छन् । बसहरुमा बढेको नयाँ भाडादर टाँसेर नै भाडा लिन थालिएको छ ।

कतिपय कम्पनीले न्युनतम् १४ रुपैयाँ रहेको भाडा अब १८ रुपैयाँ पुर्‍याएका छन् ।  त्यसभन्दा लामो स्थानीय रुटमा पनि २८ प्रतिशतका दरले भाडा बढाएर बसमै नयाँ भाडादरको सूचना टाँसिएका छन् ।

यातायात व्यवस्था विभाग प्रदेश र स्थानीय तहले अझै नयाँ भाडादर नतोकिसकेकाले यसरी भाडा बढाउनु अवैध भएको बताउँछ । विभागले विज्ञप्तिनै निकालेर असार २७ कोै निर्णयलाई नै आधार मानी प्रादेशिक यातायात अन्तर्गत एकै प्रदेशभित्र सञ्चालन हुने वा स्थानीय तहभित्रका रुटहरुमा सञ्चालन हुने सार्वजनिक सवारीहरुले समेत सोहीअनुसार भाडा वृद्धि गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तो छ विभागको भाडावृद्धि सम्वन्धि निर्णय :



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post