असार २२, काठमाडौं । सप्तरीमा एक बालिका र लमजुङमा एम युवती मृत अवस्थामा फेला परेका छन्।
सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका–१ भारदह कोशी ब्यारेजस्थित सडक छेउमा जमेको पानीमा हाल नाम, थर, वतन नखुलेकी करिब ४ वर्षीया बालिका मंगलबार मृत अवस्थामा फेला परेकी हुन्।
त्यस्तै लमजुङको मध्यनेपाल नगरपालिका-८ रामबजारस्थित मादी खोलाको किनारमा कास्की मादी गाउँपालिका–९ मुग्रेबेसी बस्ने ३५ वर्षीया कल्पना अधिकारी मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
यी दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।