संसद विघटनको मुद्दा : सरकारी पक्षको बहस सकियो

 कोरखबर   १८ असार, २०७८



असार,१८, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा आजबाट सरकारी पक्षको बहस सकिएको छ ।

सोमवारबाट शुरु भएको सरकारी पक्षको बहसका क्रममा महान्यायाधिवक्ता रमेश बडालसहित ११ सरकारी वकिल, २१ प्रधानमन्त्रीका वकिलसहित ३२ जनाले बहस गरेका छन् ।

आजबाट सरकारी पक्षको बहस सकिएसँगै अब सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानून व्यवसायीहरुको बहस शुरु हुँदैछ ।
धेरै सरकारी पक्षका कानून व्यवसायीहरुले प्रतिनिधि सभा विघटन राष्ट्रपतिको स्ववीवेकी अधिकार रहेको जिकिर गर्दै रिट निवेदन खारेजीको माग गरेका थिए ।

असार ९ गते बुधवारबाट सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्त्रधी मुद्दामा निरन्तर बहस भइरहेको छ ।

आइतवारसम्म ४ दिन रिट निवेदक पक्षका कानून व्यवसायीहरुले बहस गरेका थिए भने सोमवारबाट सरकारी पक्षका कानून व्यवसायीहरुले बहस गरेका थिए । अब सभामुख पक्षका कानून व्यवसायीहरुको बहसपछि जवाफी बहस शुरु हुनेछ । त्यसपछि अदालतको सहयोगी “एमिकश क्यूरी” को बहस शुरु हुुनेछ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post