असार १५, काठमाडौं । यातायात व्यवसायीहरुले आउँदो शुक्रबारबाट सबै सार्वजनिक यातायातका साधन चलाउने चेतावनी दिएका छन् ।
जारी गरिएको निषेधाज्ञ खुकुलो बनाइएसँगै काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले मंगलबारबाट जोरबिजोर प्रणालीमा २५ सिटदेखि माथिका बस चलाउन अनुमति दिएको छ ।
तर, यसको विरोध गर्दै यातायात व्यवसायीहरुले यही असार १८ गते शुक्रबारबाट सबै सार्वजनिक यातायाताका साधन सञ्चालन गर्ने चेतावनी दिएका हुन् ।
नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर यही असार १८ गते शुक्रबारबाट सबै सार्वजनिक यातायातका साधन संचालन गर्ने बताएका हुन् ।