लुम्बिनी प्रदेश : विपक्षी गठबन्धनद्वारा प्रदेशसभा बैठक बहिष्कार

 कोरखबर   ६ असार, २०७८



असार ६, बुटवल । अल्पमतले ल्याएको बजेटका लागि छलफल आवश्यक नरहेको भन्दै लुम्बिनी प्रदेश विपक्षी गठबन्धनले बैठक बहिष्कार गरेको छ। 

असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गरेको थियो। सोही बजेटमाथि छलफल गर्न लुम्बिनी प्रदेशसभाको आज (आइतबार) को बैठक राखिएको थियो।

प्रदेशसभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटको स्वामित्व प्रदेशसभाले लिने कि नलिने भन्दै सरकारको वैधतामाथि कडा रूपमा पश्न उठाए ।

विपक्षी गठबन्धनमा आवद्ध दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु अल्पमतमा परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै बैठकबाट उठेर हिँडेका थिए।

विपक्षीले बैठक बहिष्कार गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरेका थिए।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post