उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु

 कोरखबर   ३१ जेठ, २०७८



जेठ २१, ओखलढुंगा । ओखलढुंगामा उच्च रक्तस्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ । शिशु जन्मिएपछि  सुरु भएको उच्च रक्तस्रावबाट जिल्लाको मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोजमा शेर्पाको मृत्यु भएको हो । 

शेर्पालाई आइतबार श्रीचौर स्वास्थ्यचौकीले ओखलढुंगा सामुदायिक अस्पताल रेफर गरेको थियो । अस्पताल नलगी स्थानीय पेसा पेसला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्म दिए पनि उच्च रक्तस्रावको उपचार हुन नसक्दा उनको मृत्यु भएको स्थानीय शिवकुमार कार्कीले जानकारी दिए । 

कोरोना कहरको डरले सुरुमा अस्पताल नलगिएको र आपतकालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post