यस्तो छ प्रदेश १ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ)

 कोरखबर   २७ जेठ, २०७८



जेठ २७, मोरङ । प्रदेश १ सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । 

प्रदेश १ सरकारको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रणका लागि विभिन्न योजना समेटिएका छन् । जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र, सरसफाइ र पोषणसँग सम्बन्धित कार्य प्रदेश सरकारको मुख्य प्राथमिकतामा राखिएको छ ।

यस्तै आउँदो वर्ष थप पाँच जिल्लामा बहुपक्षीय पोषण कार्यक्रम पूर्ण रूपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । 

विद्यालय शिक्षाको स्तरोन्नति गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहित गर्ने, स्थापित विश्वविद्यालय, महाविद्यालयलाई सबलीकरण गर्ने कार्यलाई पनि निरन्तरता दिइने बताइएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post