रामेछापको बेथानमा जीप दुर्घटना, ६ जना घाइते

 कोरखबर   २६ जेठ, २०७८



जेठ २६, रामेछाप । रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा आज बिहान भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् ।

लोप्राङबाट बेथानकै डहु तर्फ जाँदै गरेको प्रदेश ३–०१ ०२४ च ५५५२ नम्बरको बोलेरो जीप करिब ११ बजेतिर दुर्घटना हुँदा जीपमा सवार ६ जना घाइते भएका प्रहरीले जनाएको छ । 

घाइतेहरुको स्थानीय र बेथान प्रहरी चौकीबाट खटिएका प्रहरीले उद्धार गरेका छन् । अहिले सबै घाइतेको बेथान स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार घाइतेको अवस्था सामान्य छ र चालक लोप्राङका २२ वर्षीय रामशरण श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । 

कोरोना महामारीको समयमा गाउँपालिकाभित्र कुनै पनि सवारीसाधन सञ्चालन नगर्न सार्वजनिक सूचना मार्फत जानकारी गराउँदा समेत सूचनाको बेवास्ता गर्दै सवारीसाधन चलाउनेलाई आवश्यक कारबाही गर्ने सुनापति गाउँपालिकाका प्रमुख धावा लामाले बताउनुभयो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post