जेठ १८, काठमाडौँ : न्यायाधीशद्वय दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले संवैधानिक इजलास छाडेका छन् । संवैधानिक इजलास गठन भएदेखि न्यायिक प्रक्रियासँग असन्तुष्ट रहेका न्यायाधीश भट्टराई र कार्कीले मंगलबार इजलास छाड्ने घोषणा गरेका हुन् ।
सर्वोच्च बारका पदाधिकारीसँग प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाले संवैधानिक इजलास पुनर्गठन गर्ने बताए लगत्तै उनीहरुले संवैधानिक इजलास छाडेको घोषणा गरेका हुन् ।
तर इजलासमा बहसका क्रममा प्रश्न उठेका न्यायाधीस तेजबहादुर केसी र बमकुमार श्रेष्ठले भने इजलास छाड्न अस्वीकार गरेका छन् ।