कास्कीमा जेठ २१ सम्म निषेधाज्ञा थपियो

 कोरखबर   १३ जेठ, २०७८



जेष्ठ १३, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ १४ को रातिदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले उक्त निर्णय गरेको हो ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ तीव्र रुपले फैलिएकोले स्थिति भयावह हुन नदिन निषेधाज्ञालाई निरन्तरता दिएको कास्की प्रशासनले जनाएको छ । कास्कीमा वैशाख १५ देखि निषेधाज्ञा जारी छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्की सबैभन्दा धेरै प्रभावित छ । कास्कीमा हाल ३ हजार ९५ सक्रिय संक्रमित छन् । २ सय ७४ जना संक्रमितको निधन भइसकेको छ । बिहीबारमात्रै कास्कीमा ४ सय ४५ नयाँ संक्रमित थपिएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post