सुरु भयो कांग्रेस पदाधिकारी बैठक

 कोरखबर   ११ जेठ, २०७८



काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछिको राजनीतिक अवस्था र अब कसरी अघि बढ्ने ? भन्नेबारे रणनीति बनाउने नेताहरुले बताएका छन् ।

सभपाति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरियो भन्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट हालेका छन् । हिजोमात्रै, अब कसरी अघि बढ्ने भनेर विपक्षी गठबन्धनका नेताहरुले सिंहदरबारमा छलफल गरेका थिए । उक्त छलफलमा देउवाले आन्दोलन नै गर्नुपर्ने अवस्था आए ठूलै संघर्ष गर्नुपर्ने तर्क राखेका थिए ।

हिजोको छलफलमा सभापति देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निश्काषनमा परेका नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी नेतृ दुर्गा पौडेल सहभागी थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post