गण्डकीमा मन्त्रिपरिषद बिस्तार : दिपक मनाङे पुनः मन्त्रीमा नियुक्त

 कोरखबर   ५ जेठ, २०७८



जेठ ५, काठमाडौं । राजिव गुरुङ (दिपक मनाङे) पुनः मन्त्रीमा नियुक्त भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले आज मनाङेसहित अन्य ४ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले प्रतिपक्षले संसदमा अविश्वास प्रस्ताव ल्याएपछि सत्ता जोगाउनका लागि सांसद दिपक मनाङेलाई गत वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री गुरुङले पछिल्लो समय आफ्नो पद धरापमा परेपछि मनाङेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेदकुद मन्त्री बनाएका थिए ।

तर,मुख्यमन्त्री गुरुङले आपूmविरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताबमा मतदानहुनु भन्दा अघिल्लो दिन राजिनामा दिएपछि मनाङेको मन्त्रीपद १० दिनमै गुमेको थियो ।

मुख्यमन्त्री गुरुङले १० दिन मात्र मन्त्री बनाएका मनाङे सहित ५ जनालाई बुधबार मन्त्रीमा नियुक्त गरेका छन् । अन्य ४ जनाले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । तर मनाङले काठमाडौंमा भएकाले सपथ ग्रहणमा उपस्थित नभएका हुन् ।

मुख्यमन्त्री गुरुङले किरण गुरुङ आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएका छन्। त्यस्तै तीन जनाले बिनाविभागीय मन्त्रीको जिम्मेवारी पाएका छन् । जसमा उद्योग पर्यटन तथा वातावरणमन्त्रीमा विकास लम्साल, भौतिक पूर्वाधारमन्त्रीमा रामशरण बस्नेत र सामाजिक विकासमन्त्री नरदेवी पुन रहेका छन् 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post