सगरमाथा सफाइका क्रममा मानव कंकाल भेटियो

 कोरखबर   ३१ बैशाख, २०७८



३१ बैशाख ,काठमाडौँ । ‘सफा हिमाल अभियान-२०२१’ अन्तर्गत सगरमाथा सफाइका क्रममा मानव कंकाल फेला परेको छ ।

फोहोर संकलन कार्यमा खटिएका नेपाली सेना सहितको संयुक्त टोलीले यही वैशाख २८ गते सगरमाथाको Camp-II बाट संकलित फोहोरलाई बेस क्याम्पमा रि-प्याकिङ गर्ने क्रममा उक्त कंकाल फेला परेको हो ।

सेनाले दिएको जानकारी अनुसार मानवको दायाँ हात र बायाँ पाखुराको कंकाल फेला परेको हो । उक्त मानव कंकाललाई सोही दिन सगरमाथा बेस क्याम्पबाट हेलिकप्टर मार्फत् लुक्ला पठाइएको र आवश्यक प्रक्रियाको लागि लुक्ला स्थित ईलाका प्रहरी कार्यालयलाई बुझाइएको जनाइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post