आँपको रूखमा झुण्डिएको अवस्थामा भेटिए प्रहरी जवान

 कोरखबर   २८ बैशाख, २०७८



वैशाख २८, जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकास्थित प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी जवान मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गाउँपालिकाको वडा नम्बर ७ स्थित आँपको बगैँचामा २५ वर्षका प्रहरी जवान जितेन्द्र साह मृत अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए ।

साह आँपको रूखमा नाइलनको डोरीले पासो लगई झुण्डिएको अवस्थामा मृत फेला परेको बिष्टले बताए ।प्रहरी चौकीदेखि ७ सय मिटरको दूरीमा रहेको आँपको बगैचामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

पर्सा जिल्लाको बहदुरबामाई नगरपालिका वडा नम्बर १ घर भएका प्रहरी जवान पछिल्लो ७ महिना यता सम्सी प्रहरी चौकीमा कार्यरत थिए । प्रहरीका अनुसार मृत फेला परेका साहको आगामी जेठ ९ गते विवाह तय भएको थियो । घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post