२५ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूबाट गल्ती भएको बताउनुभएको छ ।
शनिबार अमेरिकी समाचार संस्था सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूले गत महिना राजनीतिक दलहरूले प्रदर्शन, सभा र जुलुस गर्नु गलत भएको बताउनुभयो ।
प्रदर्शन राजनीतिक भए पनि सामाजिक समस्या भएको उल्लेख गर्दै आफूहरूबाट हेलचक्र्याइँ भएको स्वीकार गर्नुभयो । कोभिड–१९ को महामारी अन्त्य नहुँदै राजनीतिक भेला र सम्मेलन गर्दा समस्या भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले उच्च जोखिम रहेको क्षेत्रमा संक्रमण फैलिन नदिन निषेधाज्ञा लागू भएकाले अहिलेसम्मको परिस्थिति नियन्त्रणमा रहेको बताउनुभयो । उहाँले कोभिड–१९ सँग लड्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभयो ।
सीएनएनले नेपालमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि सरकारको तयारी र देशको अवस्थाबारे प्रधानमन्त्री ओलीसँग जानकारी लिएको थियो ।