बैशाख २२,काठमान्डौ । कोरोना भाइरस नियन्त्रणकालागि सरकारले निषेधाज्ञालाई कडाइ पारेको छ । संक्रमण बढेसंगै आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा सुरु भएको छ ।
बाजुरामा बिहान ५ बजेदेखि र रोल्पामा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो । यस्तै म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुने गृह मन्त्रालयले जनाएको छ ।
महोत्तरी जिल्लामा भने साझ ६ बजेदेखि निषेधाज्ञा लागू हुँदैछ । ६ जिल्ला थपिएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ४८ पुगेको छ । कोरोना भाइरसको सङक्रमण बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले अनावश्यक घरबाहीर ननिस्कन र निस्कनै परे स्वाथ्यका मापदण्ड पालना गर्न भनेको छ ।