वडा सदस्यको शव बोकेको जिप दुर्घटना, चालकसहित चारको मृत्यु

 कोरखबर   २१ बैशाख, २०७८



बैशाख २१, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना भएको छ। सोही गाउँपालिकाको गणनेश्वर मन्दिर नजिक से १ ज १८३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा नम्बर ६ का वडा सदस्य गोबिन्द भण्डारीको शव बोकेर रोडिदेवलबाट सदरमुकामतर्फ आउँदै गरेको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख हरिशरण भट्टले जिप सडकबाट करिव पाँच सय मिटर तल खसेको छ। भट्टका अनुसार मृतक र घाइतेको पहिचान हुन सकेको छैन। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post