पर्सामा थप ७ दिन निषेधाज्ञा गर्न सिफारिस

 कोरखबर   २१ बैशाख, २०७८



वैशाख २१, पर्सा । पर्सामा थप ७ दिन निषेधाज्ञा लम्बिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवसथापन केन्द्रको बैठकले थप ७ दिन निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्यउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । यसअघि बैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो । निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

‘‘पर्सा जिल्लामा कोभिड-१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जारी भएको निषेध आदेश कोभिड–१९ को संक्रमणको श्रृङ्खला तोड्न उपयोगी भएको देखिएकोले हाल जारी आदेशलाई वैशाख ३० गते राति १२:०० बजेसम्म थप गर्न उपयुक्त हुँदा सो को लागि प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरियो ।’ डीसीसीएमसीको निर्णयमा उल्लेख छ ।

त्यसैगरि बैठकले वीरगञ्ज महानगरपालिकालाई १ सय बेडको कोरोना अस्पताल र १ सय बेडको आइसोलेसन सञ्चालन गर्न अनुमति पनि दिएको छ । कोभिड–१९ को संक्रमित विरामीको उपचार गर्न महानगरले १ सय बेड क्षमताको कोभिड–१९ अस्थायी विशेष अस्पताल यथाशिघ्र सञ्चालनमा ल्याई उपचार सेवा शुरु गर्ने र त्यसैगरी तत्कालै सय बेड क्षमताको आईसोलेशन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय बैठकले गरेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post