२४ घन्टामा ५० हजारले छाडे काठमान्डौ !

 कोरखबर   १४ बैशाख, २०७८



वैशाख १४, काठमाडौं । कारोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै प्रशासनले निषेधाज्ञा लगाएपछि काठमाडौं उपत्यका छाड्नेहरुको भिड बढेको छ ।

कलंकी, बालाजु, कोटेश्वर लगायतका स्थानमा मंगलबार बिहानैबाट सर्वसाधारणको भिड छ । उनीहरु गह्रुंगा झोला बोकेर गन्तव्यतिर गइरहेका देखिन्छन् ।

ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख एसएसपी जनकराज भट्टराईका अनुसार पछिल्लो २४ घन्टामा मात्रै ५० हजार ४५६ जना यात्रुले उपत्यकाबाट बाहिरिएका छन् ।

‘७ हजार ९ सय गाडी आउट भएको रेकर्ड छ, त्यसमा ५० हजार ४५६ जना बाहिरिएका एसएसपी भट्टराईले भने । गत वर्ष एक साताका लागि लगाइएको लकडाउन हप्तैपिच्छे बढेकाले त्यस्तै हुनसक्ने आशंकामा पढ्न र काम गर्न आएका व्यक्तिहरु उपत्यकाबाट बाहिरिँदैछन् ।

विगतमा जस्तो निषेधाज्ञा लगाइएको समयमा मानिसहरु नहिँडुन् भन्ने उद्देश्यले प्रशासनले दुई दिन घर फर्किन समय दिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार विगतमा जस्तो समस्या नहोस् भन्ने सोचेरै बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post