गण्डकी प्रदेश : मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश !

 कोरखबर   १३ बैशाख, २०७८



काठमाडौं, १३ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ ।

अविश्वास प्रस्तावका प्रस्तावक नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा प्रस्ताव टेबल गरेका हुन् । 

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । माओवादी र जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post