सुर्खेतमा पनि निषेधाज्ञाको तयारी !

 कोरखबर   १३ बैशाख, २०७८



वैशाख १३,सुर्खेत । सुर्खेतमा वैशाख १४ गतेदेखि एक साताका लागि निषेधाज्ञा गर्न लागिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेको हो।

सिफारिस अनुसार सुरक्षा समितिले पनि निषेधाज्ञा घोषणा गर्न लागेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए। कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतमा कोभिडका बिरामी बढ्दै जान थालेपछि निषेधाज्ञा जारी गर्न लागिएको उनले बताए। प्रजिअ रिजालका अनुसार निषेधाज्ञा जिल्लाभर लागू गरिनेछ।

सुर्खेतमा अस्पतालहरुले धान्नै नसक्नेगरी बिरामी बढेका छन ।  प्रदेश अस्पतालमा त अक्सिजनसमेत अभाव भईसकेको प्रजिअ रिजाल बताए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post