बैशाख १३, काठमान्डौ । सरकारले जारी गरेका आदेशको अवज्ञा गर्दै विद्यालय सञ्चालन गर्ने सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना संक्रमण फैलिन नदिन वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारले निर्देशन दिएको भएपनि त्यसको अटेरी गर्ने सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार बिहान प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले अटेर गर्ने विद्यालय सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।