उपत्यकाका तिन प्रजिअको बैठक बस्दै, थप कडाइ गर्ने तयारी !

 कोरखबर   १३ बैशाख, २०७८



१३ बैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड- १९) संक्रमण नियन्त्रण गर्न उपत्यकामा थप कडाइ गर्ने तयारी गरिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ।

बैठक दिउँसो १ बजे बस्न लागेको जनाइएको छ। कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि आजै बेलुका मन्त्रिपरिषद् बैठक समेत डाकिएको छ । मन्त्रिपरिषद्ले यसअघि नै रात्रिकालीन व्यवसाय  पूर्णरुपमा बन्द गरेको छ।

आइतबार बसेको संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले  पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । सीसीएमसी बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका पहाडी क्षेत्र र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका तराईका जिल्ला तथा सहरी क्षेत्रमा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी नगरे स्थिति नियन्त्रणबाहिर जाने बताएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post