‘केही व्यक्तिहरूले मलाई माटोमा मिलाउने नीति लिए’‌ : प्रधानमन्त्री ओली

 कोरखबर   ९ बैशाख, २०७८



बैशाख ९, काठमाडौं । प्रधानमन्त्री एवम्‌ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले माटोमा मिलाइदिने नीति लिएको आरोप लगाएका छन् ।

बल्खुमा एमालेको पार्टी कार्यालय भवन शिलान्यास गर्दै उनले नेताहरूको नाम नलिइकन घुमाउरोमा पारामा यस्तो बताएका हुन्।

‘केही व्यक्तिहरूको चरम महत्वाकांक्षा, कसैले नेतृत्व गरेको देख्न नसक्ने, कसैले सफलताको चर्चा गरेको सुन्न नसक्ने संकिर्ण प्रवृत्तिले संगठित हमला गरे,' उनले भने, 'त्यो संगठित हमलाको सिलसिला निकै निर्मम थियो, शासनमा भएका भए के गर्थे होलान् ? नहुँदा त यस्तो छ।'

आफूमाथि हमला गरेर दाहाल-नेपाल लगायतले पछि पार्टीको साधारण सदस्यबाटै हटाउने काम गरेका ओलीले आरोप लगाए।

'ओलीलाई धुलोमा मिलाइदिन्छु, टाउकोमा हानियो भने शरीर ढल्ने भयो भनेर ममाथि हमला गरिएको थियो, तर त्यसलाई मैले विफल तुल्याइदिएँ,’ ओलीले थपे। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post