सर्वोच्चका दुई न्यायाधीशले लिए सपथ !

 कोरखबर   ८ बैशाख, २०७८



८ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई न्यायाधीशलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ । बुधबार सर्वोच्च अदालतमा आयोजित एक समारोहमा न्यायाधीशद्वय नहकुल सुवेदी र कुमार चुँडाललाई सपथ ग्रहण गराउनुभएको हो ।

यसअघि राष्ट्रपति कार्यलयमा गएर सपथ ग्रहण गराउने परम्परालाई तोड्दै सर्वोच्च अदालतमै सपथ ग्रहण गराइएको हो । राष्ट्रपति उपस्थित गराउनुपर्ने बाहेकका सपथ अब प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै गराउने हुनुभएको छ ।

सपथ ग्रहण लगतै न्यायाधीशद्वयले आजैबाट काम थालिसक्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले चुडाल र सुवेदीलाई सोमबार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नु भएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post