नयाँ भन्सार एजेन्टको परीक्षा जेठमा , १२ गतेसम्म आवेदन दिन सकिने !

 कोरखबर   ६ बैशाख, २०७८



वैशाख ६, काठमाडौं । सरकारले नयाँ थप लागेको ६६० जना भन्सार एजेन्टको परीक्षा जेठ २२ गते हुने भएको छ । भन्सार विभागले २० वर्षपछि नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो ।

बैशाख ५ गतेसम्म करिब ७ हजार ७ सय जनाको आवेदन समिट भएको र करिब २ हजार ४ सय जनाले नाम मात्रै दर्ता गराएर राखेको भन्सार विभागले जानकारी दिएको छ । बैशाख ५ गतेसम्म ३ हजार दस्तुर तिरेर भन्सार एजेन्टको आवेदन दिन सकिने थियो, भने बैशाख ६ गतेदेखि १२ गतेसम्म डबल दस्तुर तिरेर भन्सार एजेन्टको लागि आवेदन दिन सकिने छ । २०५६ सालदेखि रोकिएको भन्सार एजेन्टको लाइसेन्स परीक्षा यो वर्ष नै हुने भएको हो ।

भन्सार एजेन्टले व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् । मालसामान आयात प्रक्रियामा व्यवसायीले एजेन्टलाई आफ्नो प्रतिनिधि नियुक्त गरेका हुन्छन् । ती एजेन्टले नै व्यवसायीको सामानको राजस्व बुझाउने र भन्सार जाँचपास गर्ने गर्छन् । त्यसको अन्तिम जाँच भने भन्सारका कर्मचारीबाट हुन्छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post