बैशाख ५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्री नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले बादललाई गृहमन्त्री पुनर्नियुक्त गरेकी हुन् ।
बादललाई संविधानको धारा उपधारा (१) अनुसार मन्त्रीमा पुनर्नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । आइतबारै संघीय संसद् सचिवालयले गृहमन्त्री बादल राष्ट्रियसभा सदस्य नरहेको सूचना टाँस गरेको थियो । सांसदसँगै उनको गृहमन्त्री पद पनि समाप्त भएको थियो ।
गृहमन्त्रीमा पुनर्नियुक्ति पाएका बादललाई आजै शपथ गराउने तयारी रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । उनलाई साँझ ५ बजे शपथ गराउने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
रिक्त राष्ट्रियसभा सदस्य पदमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने संवैधानिक प्रावधान छ ।