बैशाख ५, विराटनगर । विराटनगरबाट शनिबार साँझदेखि बेपत्ता रहेका एक बालक मृत फेला परेका छन्।
विराटनगर महानगरपालिका ८ स्थित हाटखोलाका ७ वर्षीय उलब बस्नेतको शव सिंघिया खोलामा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार प्रहरीमा कार्यरत उपेन्द्र बस्नेतका छोरा शनिबार साँझदेखि वेपत्ता थिए।
मोरङ प्रहरीले पौडी खेल्ने क्रममा बालक खोलामा डुबेको हुन सक्ने अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको राईले बताए।