वैशाख ५ , काठमाडौं । गृहमन्त्री रामबहादुर थापा मगर (बादल) पदमुक्त भएका छन् । राष्ट्रिय सभा सचिवालयले आजै उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ।
नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।
थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्व माओवादी नेता थापा एमाले प्रवेश गरेका थिए ।