५ बैशाख, काठमान्डौ । पार्टीभित्र अन्र्तविरोध र प्रदेशमा सत्तासंघर्ष चलिरहेका बेला बागमती प्रदेशमा सर्वदलीय बैठक बोलाइएको छ ।
मुख्यमन्त्री एवं नेकपा एमाले प्रदेश संसदीय दलका नेता डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका हुन् ।
मुख्यमन्त्री पौडेलले सोमबार ललितपुरमा बस्नेगरी सर्वदलीय बैठक बोलाएको बताईएको छ । बैठकमा मुख्य गरी तीन ओटा विषयमा छलफल हुनेछ ।
बैठकमा प्रदेशसभाको अधिवेशन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।
बैठक प्रदेश सुशासन केन्द्रको भवन जावलाखेल ललितपुरमा सोमबार बिहान बस्नेछ ।