५ बैशाख , काठमाडौं । प्रदेश १ को प्रदेश सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको जनाइएको छ । प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्न लागेको छ । तर प्रतिपक्षी दलहरुले प्रदेश सभामा अवरोध गरिरहेकाले अधिवेशन नै अन्त्य गर्ने तयारीमा प्रदेश सरकार रहेको बताइएको छ ।
आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शेरधन राईले विशेष समय लिएर बोल्ने तयारी गर्नुभएको बताइएको छ । यदि प्रतिपक्षीले अवरोध गरेमा चालु हिउँदे अधिवेशन नै अन्त्य गर्नेमा सरकार अग्रसर हुने संकेत गरिएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मागहरू पूरा नगरेमा बैठक नै चल्न नदिने तयारी गरेका छन् । उनीहरूले चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम चालु गर्नुपर्ने लगायत मागहरू राखेका छन् ।
यसअघि पनि पटकपटक प्रदेश सभा बैठक अवरुद्ध गर्दै आए पनि माग सम्बोभन गर्ने पक्षमा सरकार देखिन्न । सोही कारण आज पनि बैठक अवरूद्ध पार्ने ती दलहरूको तयारी छ ।