कर्णालीका मुख्यमन्त्री शाहीले संसदमा मागे विश्वासको मत !

 कोरखबर   ३ बैशाख, २०७८



बैशाख ३, सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसमक्ष आग्रह गरेका छन् ।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले ५ वर्षका लागि सरकार बने पनि बदलिएको परिस्थितिले गर्दा अहिले विश्वासको मत लिनुपर्ने स्थानमा आफू उभिएको प्रस्ट पारे ।

‘एमालेका तर्फबाट सरकारलाई दिएको समर्थन फिर्ता भएको छ,’ उनले भने, ‘संवैधानिक व्यवस्था अनुरुप सदनबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार यो अवस्थामा उभिएका छौं ।’

उनले राजनीतिक संस्कार बसाल्न, एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्नका लागि पनि सरकारलाई विश्वासको मत दिन सांसदहरुलाई आग्रह गरे । उनले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भए यता ९५ मन्त्रिपरिषद बैठक बाट ५८७ जनपक्षीय निर्णय गरेको चर्चासमेत गरे ।

प्रदेश सरकार निर्माण गर्दा तीव्र विकास, प्रदेशको आर्थिक समृद्धिको सपना देखेर सबै दलले प्रदेशमा कोही पनि प्रतिपक्ष नहुने प्रतिवद्धता जनाएको स्मरण गराउँदै उनले अहिले पनि त्यही अवस्थामा प्रतिवद्ध रहन दलहरुलाई आग्रह गरे । कर्णालीको प्रतिपक्ष भनेको भोक, रोग अशिक्षा हो भनेर तीन वर्ष अघि सबै दलले सरकारप्रति जनाएको समर्थनलाई कायम राख्न उनले आग्रह गरे ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post