देशका विभिन्न ठाउँमा चट्याङ , ३ जनाको मृत्यु !

 कोरखबर   ३ बैशाख, २०७८



३ वैशाख, काठमाडौं । बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै देशका विभिन्न ठाउँमा परेको चट्याङका कारण तीनजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भोजपुरको षडानन्द नगरपालिका–८, निगुरेकी ६० वर्षीया महिला, तेह्रथुमको छथर गाउँपालिका–६, असिनेकी ९ वर्षीया किशोरी र बागलुङको ताराखोला गाउँपालिका–२, सेलेखोलाका ४५ वर्षीया महिला छिन् । उनीहरुमध्ये दुईजना घरमै र अर्का एकजना चाहिँ गोठमा जाँदै गरेका वेला चट्याङ्ले लागेको थियो ।

विपद व्यवस्थापन तथा न्यूनिकरण प्राधिकरणका अनुसार तेह्रथुममा १६ र १३ वर्षकी दुई बालिका, ताप्लेजुङमा ५० वर्षीया महिला र बाग्लुङमा एक ४५ वर्षीया महिला घाइते छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ । —प्रतिकात्मक तस्विर 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post