अविश्वास प्रस्तावको डरले मुख्यमन्त्री गुरुङले अन्त्य गरे प्रदेशसभा अधिवेशन !

 कोरखबर   २ बैशाख, २०७८



२ बैशाख, पोखरा। आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा अधिवेशन नै अन्त्य गरिदिनुभएको छ ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिए आफू अल्पमतमा पर्ने देखेपछि मुख्यमन्त्री गुरुङले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरिदिनुभएको हो ।

बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पेश गरेकामा अधिवेशन अन्त्य गरिएको हो ।

मुख्यमन्त्री गुरुङविरुद्ध बिहीबार कांग्रेस, माओवादी, जसपा र राजमोले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका थिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post