मोबाइल चार्ज गर्दा करेन्ट लागेर उदयपुरमा एक महिलाको मृत्यु !

 कोरखबर   ३१ चैत, २०७७



चैत ३१, उदयपुर । उदयपुरमा एक महिलाको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

उदयपुर कटारी नगरपालिका-४ सिम्लेकी ३९ वर्षीया मनकुमारी मगर दनुवारको करेन्ट लागेर सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार बेलुका साढे ५ बजे घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर दनुवार घाइते भएकी थिइन्।

उपचारका लागि शान्ति हेल्थ केयर मिर्चैया सिरहा पुर्‍याउँदा दनुवारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post