छिमेकीको हत्या गरेर भागेका व्यक्ति १७ वर्षपछि पक्राउ !

 कोरखबर   ३१ चैत, २०७७



चैत ३१, काठमान्डौ । छिमेकीको हत्या गरी फरार रहेका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन्। २०६० साल कात्तिक १० गते बर्दिया बढैयातालमा जितबहादुर गोदार क्षेत्रीको हत्या गरी फरार रहेका कृपाराम खटिक लाई प्रहरीले सोमबार प्रकाउ गरेको हो ।

क्षेत्रीको हत्यामा संग्लग्न ९ जनालाई २० वर्षको कैद सजायँ सुनाइए पनि मुख्य योजनाकार मानिएका खटिक हिजो सोमबार पक्राउ परेका हुन् ।

जिल्ला अदालतको फैसलाअनुसार उनलाई हिजै जिल्ला कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । उनलाई प्रहरीले बढैयाताल–३ बाटै पक्राउ गरेको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post