जिसस रामेछापमा एमाले कार्यकर्ताले लगाए ताला !

 कोरखबर   ३० चैत, २०७७



३० चैत्र, रामेछाप । नेकपा एमालेका कार्यकर्ताले जिल्ला समन्वय समिति रामेछापको गेटमा ताला लगाएका छन् ।

समन्वय समितिको हलमा एमालेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला बोलाएको थियो । भेलामा पार्टीबाट निष्काशित लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई पनि सहभागी गराईएको भन्दै आक्रोशित कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।

गाउँपालिका भित्रको विवाद अदालतसम्म पुगेपछि तत्कालिन नेकपाले अध्यक्ष खड्कालाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको थियो । पार्टी कार्वाहीमा परेका खड्का कार्यक्रमा आएपछि कार्यकर्ताले जनप्रतिनिधीसहितलाई भित्रै थुनेर समन्वय समितिको गेटमा ताला लगाएका हुन् । कार्यक्रममा सहभागी हुन पुगेका बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले भने बाहिरै रहेका छन ।

लिखुतामाकोशी गाउँपालिकाका जनप्रतिनिधिबिच पालिकाभित्रका विकाश निर्माणका आयोजनालाइ लिएर विवाद छ । यसअघि पालिका अध्यक्ष खड्कालाई गोली हान्ने धम्की आएको समेत बताईएको थियो । भने जति चन्दा नदिए गोली हानेर मार्ने धम्की दिएको आरोपमा अध्यक्ष खड्काले लोप्सन भन्ने मिलन तामाङ र अमृत तामाङसगैं पालिका उपाध्यक्ष दिपशिखा दाहाल र वडा नम्बर  ७ का वडा अध्यक्ष सुवाश बोहोरालाई अभियुक्त बनाई अदालतमा रिट दर्ता गराएका थिए । उक्त मुद्धामा काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले वुधबारमात्रै उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोरालाई अपराधिक लाभ एक्टेक्सन मुद्धामा दोषी ठहर गरेको थियो । उक्त मुद्धाका अर्का आरोपित तिल्पुङकै ध्रुब कार्कीले भने सफाई पाएका थिए ।

गाउँपालिका अध्यक्ष खड्काले बिना गल्ती उपप्रमुख दिपशिखा दाहाल न्यौपाने र वडा अध्यक्ष सुवास बोहोरालाई मुलुकी फौजदारी संहितामा मुद्धा दर्ता गराएर फसाउन लागेको कार्यकर्ताको आरोप छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post