माओवादीलाई ओलीले भने : फिर्ता लैजाऊ तिम्रो समर्थन, चाहिएको छैन !

 कोरखबर   ३० चैत, २०७७



चैत ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदमा बहुमत रहेकाले राजीनामा नदिने दोहोर्‍याएका छन् । आफूलाई प्रधानमन्त्रीबाट हटाउन मन भए समर्थन फिर्ता लिनसमेत ओलीले चुनौती दिएका छन् ।

पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलामा प्रधानमन्त्री ओलीले भने  ‘मसँग बहुमत छ, किन राजीनामा दिने ? बहुमतबाट हटाउन मन छ भने फिर्ता लेऊ । चाहिएको छैन मलाई तिम्रो समर्थन लैजाऊ ।’

आफू समर्थन फिर्ता लिएर केही गर्न नसक्ने तर राजीनामा माग्ने प्रचण्डको शैली हरुवा अभिव्यक्ति भएको भन्दै ओलीले माओवादीको समर्थन आफूलाई नचाहिएको बताए ।

समर्थन फिर्ता नलिई कांग्रेस र जसपा गुहार्दै हिँडेको र एमालेको माधव नेपाल पक्षले साथ दिइरहेको ओलीको भनाइ छ । यस्ता धाक धक्कुसँग आफू नडराउने समेत प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापनाले राजनीतिक अस्थिरता ल्याएको र संसदले काम गर्न नसक्ने बताए । अदालतको फैसला आफूहरूले माने पनि यो संसदबाट पार नलाग्ने र नयाँ सरकार पनि बन्ने अवस्था नरहेको दावी गरे ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post