गृहमन्त्रीद्वारा सुरक्षा प्रमुखहरूलाई निर्देशन !

 कोरखबर   ३० चैत, २०७७



३० चैत्र, पोखरा । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

पोखरामा भएको गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै थापाले आगामी राजनीतिक समीकरणका कारण शान्ति सुरक्षामा पर्ने असरप्रति सजग रहन उहाँले सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको हो ।

गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चारै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता छ । उपस्थित प्रजिअहरूले सम्बन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् ।

गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आइतबारदेखि सुरु भएको गोष्ठी आगामी सुरक्षा रणनीतिबारे छलफल गर्दै सोमबार सकिनेछ । कार्यक्रममा झण्डै ८० जनाको सहभागिता छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post