२९ चैत, काठमान्डौ । राजधानीको बूढानीलकण्ठस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ। आइतबार बिहान करिब १० बजेदेखि शुरु भएको आगलागी फैलिँदै गएर विशाल रुप लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले आगो लागेको कारणबारे केही बताएको छैन। उक्त आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासी खटिएका छन्।
महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका अनुसार हेलिकोप्टरबाट पानी हालेर आगो निभाउने तयारी भएको छ। उक्त आगो निभाउन तीनवटा दमकल पनि पुगिसकेका छन्। उक्त आगो अहिले ६ सय मिटर क्षेत्रमा फैलिसकेको बताइएको छ।