चैत्र २९, काठमाडौं । काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।
आइतबार बिहान करिब ११ बजे बुढानिलकण्ठ नगरपालिका– १ तौलुङबाट आगलागी सुरू भएको निकुञ्जका गेम स्काउट गोपाल बस्नेतले जानकारी दिए ।
आगलागीको कारण थाहा नभएको र निभाउनका लागि अहिले नेपाली सेना, प्रहरी र आफूहरुको टोली खटिएको उनले जानकारी दिए । हावा हुरीका कारण आगलागी थप बढेको उनको भनाइ छ ।
आगो नियन्त्रणका लगि तीन वटा दमकल खटिएका छन् ।