राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गर्ने माओवादीको तयारी !

 कोरखबर   २४ चैत, २०७७



चैत २३, काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव माओवादी केन्द्रले फिर्ता लिने भएको छ।

राजनीतिक औचित्य सकिएपछि फिर्ता लिने भएको माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए।

आज बस्ने प्रदेश संसद्को बैठकमा प्रस्ताव फिर्ता लिने भएको हो।

एमाले नेता माधवकुमार नेपाल पक्षले समर्थन फिर्ता लिएपछि माओवादीको एक चौथाइ मत पुग्दैन। त्यही भएर माओवादीले फिर्ता लिने भएको हो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post