कर्णालीका तिन मन्त्रीले आजै राजीनामा दिने !

 कोरखबर   २४ चैत, २०७७



चैत २३, काठमाडौं । कर्णाली प्रदेश सरकारका तीनजना मन्त्रीले आज राजीनामा दिने भएका छन् ।

आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सोमबार राजीनामा दिन लागेका हुन् ।

आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले एमालेका तर्फबाट मन्त्री भएका तीनै जनाले सामुहिक राजीनामा दिन लागेको बताए । आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार आजै राजीनामा दिन लागेको मन्त्री ज्वालाले बताए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा एमालेका २० र माओवादी केन्द्रका १३ जना सांसद छन् । कर्णालीमा  नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही मुख्यमन्त्री छन् । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post