कांग्रेसको सदस्यता बुझाउने समय थपियो !

 कोरखबर   २४ चैत, २०७७



२३ चैत्र, काठमाडौं । आगामी भदौ ७ देखि १४ औं महाधिवेशन गर्ने कार्यतलिका सार्वजनिक गरेको नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि समय थप गरेको छ ।

यसअघि चैत १० गतेभित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने गरी कार्यतालिका बनाएको कांग्रेसले ९ जिल्लाले क्रियाशीलको काम नै नगरेपछि समय थपेको छ । थप गरिएको समयअनुसार जिल्लाले यही चैत ३० भित्र क्रियाशील वितरण गरी केन्द्रमा विवरण पठाउनुपर्नेछ ।

यस्तै वैशाख १० गतेभित्र क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यताको अन्तिम सूची सभापतिलाई जेठ १७ भित्र बुझाइसक्नुपर्ने कार्यतालिका बनाइएको कांग्रेसले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post