घरेलु हातहतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा ३ जना पक्राउ !

 कोरखबर   २३ चैत, २०७७



२२ चैत्र, काठमान्डौ। घरेलु हातहतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा ३ जना पक्राउ परेका छन्।

धरान ११ बस्ने ३५ वर्षीय सुदर्शन श्रेष्ठ, उनका बुवा ६५ वर्षीय कुल वहादुर प्रधान, उनकी दिदी ४४ वर्षीया गोमा श्रेष्ठ तथा छिमेकी ७० वर्षीया पार्वती राईलाई घरेलु हातहतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–११ बस्ने २८ वर्षीय सुजन तामाङ, २६ वर्षीय प्रदिप तामाङ र २० वर्षीय समिर तामाङ रहेका छन् । उनीहरुले सुदर्शन श्रेष्ठको घरमा प्रवेश गरी श्रेष्ठ लगायतका व्यक्तिलाई घरेलु हातहतियार प्रहार गरी गम्भीर घाइते बनाएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

उनीहरुमाथि ज्यान मार्ने उद्योग मुद्धामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले बताएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post